धनगढीबाट अछाम जाँदै गरेको बस सेतीमा खस्यो

धनगढी । धनगढीबाट अछाम जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ । ना ५ख ९६६३ नम्बरको बस शनिबार बिहान करिब ४ बजेतिर डोटीको शिखर नगरपालिका १ गरेपानिमा दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

बस सडकबाट सेती नदीको किनारमा खसेको डोटी प्रहरीले जनाएको छ । दुर्घटनामा १८ महिनाको १ बालक बेपत्ता भएका छन् । बस करिब ५० मिटर तल खसेको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *