रेनु दाहाललाई ५ हजार बढी मतको अग्रता

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीले भन्दा ५०१८ मत बढी ल्याएकी छिन् ।

दाहालले २७०७८ र सुवेदीले २२०६० मत ल्याएका छन् । मेयर पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ९४१४ मत आएको छ ।

उपमेयरमा कांग्रसका चित्रसेन अधिकारीले २९१३२ र राप्रपाकी हिमला गुरुङले १७१६२ मत पाएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *