‘बलात्कृत’ युवतीको काउन्सिलिङका लागि एसपी नेतृत्वको टीम घर पुग्यो

काठमाडौँ । आठ वर्षअघि आफूमाथि बलात्कार भएको भन्दै भिडिओ सार्वजनिक गर्ने युवतीको काउन्सिलिङका लागि एसपी नेतृत्वको टोली उनको घर पुगेको छ।

यतिबेला सामाजिक सञ्जालभरि एकजना युवतीको भिडिओ भाइरल भएको छ । सुम्निमा खपाङ्गी (नाम परिवर्तन) नाम गरेकी युवतीले विसं. २०७१ सालमा आफूमाथि यौन दुर्व्यवहार भएको खुलासा गर्दै सामाजिक सञ्जालमा हालेको भिडिओ भाइरल भएपछि उनको न्यायका लागि देशैभरबाट आवाज उठरहेको छ भने बालुवाटार घेराउ गरी सरकारको ध्यानाकर्षण गराउने काम पनि भइरहेको छ।

सो अवस्थामा काठमाडौँ प्रहरीको एसपी नेतृत्वको टोली काठमाडौँको पेप्सीकोलास्थित पीडित युवतीको घर पुगेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक (एसपी) कृष्ण कोइराला ‘काउन्सिलिङ टिम’ सहित पुगेका हुन्।

‘सुसी खान जाने हो’ नामक टिकटक अकाउन्टबाट पीडितले २०७१ सालमा सम्पन्न ‘मिस ग्लोबल’ नामक ‘ब्युटी प्याजेन्ट’का क्रममा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले कार्यक्रमको बहाना गरी होटलमा बाेलाई आफूमाथि बलात्कार भएको आरोपसहितको भिडिओ सार्वजनिक गरेकी छन्। उनले आफूलाई बलात्कार गर्ने कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे र पाण्डेलाई साथ दिने फोटोग्राफरलाई कारबाही हुनुपर्ने माग गरेकी छन्।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रहरीलाई अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न तीब्र दबाब दिएपछि पीडितको सम्पर्कमा पुगेर प्रहरीले घटनाको जानकारी लिई उनलाई ‘काउन्सिलिङ’ गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *