जेठ १० गते सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडाैँ । सरकारको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा जेठ १० गते पेश हुने भएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते संघीय संसदमा पेश गर्ने पत्र पढेर सुनाएका हुन् ।

सभामुख सापकोटाले जेठ १० गते मंगलबार दिउँसो ४ बजे बस्ने जानकारी दिँदै तोकिएकै पोशाकमा उपस्थित हुन निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *