वडा नम्बर २७ मा झण्डै १७ सय मत गन्दा बालेनलाई २८३ मत मात्रै

काठमाडौँ । काठमाडाैँ महानगरपालिकामा सुरुदेखि नै अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको मत वडा नम्बर २७ मा कम देखिएकाे छ ।

अन्य वडामा ठूलाे मतान्तरसहित अग्रता लिइरहेका बालेनले वडा नं. २७ मा आइपुगेपछि बालेनको मत घटेकाे देखिएकाे हाे ।

यो वडामा उनी एमालेका उम्मेदवार केशव स्थापितभन्दा दोब्बर मतले बालेन पछाडि छन् । स्थापितले ५ सय ३५ मत प्राप्त गरेका छन्।

कांग्रेस उम्मेदवार सिर्जना सिंहले यो वडामा ३ सय ६५ मत प्राप्त गरेकी छन् । काठमाडौं महानगरपालिकामा ७८ हजार ३ सय ६० मतगणना भइसकेको छ।

अहिले वडा नम्बर ६, ७, ८, ९, २५, २६, २७, २९ र ३१ मा गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 14 =