जिल्ला समन्वय समितिमा काठमाडाैँका मेयरहरूकाे सपथ (तस्वीर)

काठमाडाैँ । काठमाडौँ जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा शुक्रवार काठमाडौँ जिल्लाका नगरपालिकाहरूमा निर्वाचित भएका मेयरहरूको सपथ ग्रहण भएकाे छ ।

काठमाडाैँ जिल्लाभरिका नवनिर्वाचित मेयरहरूकाे आज सपथग्रहण कार्यक्रम सम्पन्न भएकाे हाे । सपथ लिनेहरूमा शंकरापुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिकाका मेयरहरू रहेका छन् । उनीहरूलाई मुख्य जिल्ला निर्वाचन अधिकृत (काठमाडौँ जिल्ला अदालतका प्रमुख न्यायाधीश) ले सपथ खुवाएका हुन् ।

सपथग्रहण कार्यक्रममा काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतकाे उपस्थिति रहेको थियो ।

तस्वीरः

                                   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *