पद, शक्ति र अहम्लाई मार्गदर्शक बनाउन छाडाैँ : नारायणकाजी
२०७९ जेठ ६ गते

काठमाडाैैँ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पद र शक्तिका लागि जे पनि गर्ने प्रवृत्ति बढेकाे बताएका छन् । शुक्रबार आफ्नाे आधिकारिक फेसबूक ह्यान्डलमार्फत उनले यस्ताे बताएका हुन् । उनले भनेका छन्, ‘पद, शक्ति र अहम्लाई मार्गदर्शक बनाउन र त्यसका लागि जेसुकै गर्ने सोच्न छाडाैँ ।’
त्यसअघि उनले लेखेका छन्, ‘चुनावदेखि चुनावसम्म, सरकारदेखि सरकारसम्ममा सीमित हुँदै गएर देश, जनता, श्रमिक एवं उत्पीडित वर्ग-समुदाय आदर्श, सिद्धान्त, मूल्य, लक्ष्य र उद्देश्यको विसर्जनको विन्दुमा पुग्याैँ भने कम्युनिष्ट वा क्रान्तिकारी समाजवादी भनिरहनुको कुनै अर्थ हुनेछैन।’
२०७९ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित








