काठमाडाैँ मतगणना

केशवभन्दा बालेन १३,४३६ मतले अघि, उपमेयरतर्फ सुनिता ‘अचल’

काठमाडाैैँ । काठमाडाैँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र (बालेन) शाहले २८ हजार मत कटाएका छन् । याे समाचार तयार पार्दासम्म उनकाे पक्षमा २८ हजार २० मत छ भने उनलाई पछ्याइरहेका एमालेका केशव स्थापित १४ हजार ५ सय ८४ मै राेकिएका छन् । याे नतिजाअनुसार केशवभन्दा बालेन १३ हजार ४ सय ३६ मतले अगाडि छन् ।

सत्तारुढ गठबन्धनकाे तर्फबाट उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिर्जना सिंह भने केशवभन्दा पनि पछाडि नै छन् । उनले १३ हजार ९ सय ९० मात्रै प्राप्त गरेकी छन् । यसअनुसार सिर्जनाभन्दा केशव ५ सय ९४ अगाडि छन् ।

यस्तै उपमेयरतर्फ भने एमालेकी सुनिता डंगाेल अचल बनेकी छन् । उनी मतगणना शुरू भएसँगै अग्रस्थानमा देखिएकी थिइन् । अहिले उनी फराकिलाे मतान्तरका साथ अगाडि नै छिन् । उनले २४ हजार ५९२ मत प्राप्त गरेकी छन् । उनीपछि धेरै मत ल्याएका सत्तारुढ दलका तर्फबाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका नेता रामेश्वर श्रेष्ठ ७ हजार ८ सय ६८ मतमै सीमित भएका छन् । यसअनुसार रामेश्वरभन्दा सुनिता १६ हजार ७ सय २४ मतले अगाडि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *