६३४ स्थानीय तहको मतपरिणाम सार्वजनिक, ११९ बाँकी
२०७९ जेठ ६ गते
काठमाडाैँ । स्थानीय तह निर्वाचनकाे मतगणना जारी छ । चुनाव सम्पन्न भएकाे एक सातासम्म पनि देशभरका सबै ठाउँकाे मतगणना सम्पन्न भएकाे छैन ।
निर्वाचन आयाेगले सार्वजनिक गरेकाे पछिल्लाे परिणामअनुसार देशभरका ६३४ स्थानीय तहकाे चुनावी नतिजा घोषणा भएको छ । अब ११९ स्थानीय तहको नतिजा आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार केही स्थानको मतगणना सुरु हुन बाँकी रहेपनि अधिकांश स्थानको मतगणना अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाको गणना जारी रहेपनि धेरै मत रहेकाले अझै केही दिन लाग्न सक्ने देखिएको छ ।
२०७९ जेठ ६ गते
प्रतिक्रिया








