सप्तरीमा निर्वाचित वडा सदस्यको निधन
२०७९ जेठ ६ गते

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका ५ का नवनिर्वाचित वडा सदस्यकाे निधन भएकाे छ । भर्खरै सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा राजगढ गाउँपालिका ५ काे वडा सदस्यमा निर्वाचित ६९ वर्षीय राजेन्द्र सुतिहारको शुक्रबार बिहान निधन भएकाे हाे ।
सुतिहार सुतेकै अवस्थामा आज बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए । उनकाअनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किएका थिए । खाना खाएर सुतेकाे उनकाे भएको बताइएको छ ।
बुधबार साँझ आएको मतपरिणामअनुसार सुतिहार राजगढ गाउँपालिका ५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी भएका थिए । उनले वडा सदस्यमा सर्वाधिक ४ सय ७४ मत ल्याएका थिए ।
सदस्यमा उनीसँग एमालेका रामअवतार मण्डल र अगम साहु तेली पराजित भएका थिए ।
२०७९ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित








