स्थापितले मतदान गरेकाे वडामा कांग्रेसकाे प्यानलै विजयी
२०७९ जेठ ६ गते

काठमाडाैँ । एमालेका तर्फबाट काठमाडाैँ महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मतदान गरेकाे वडा नं. २८ मा नेपाली कांग्रेसकाे प्यानलै विजयी बनेकाे छ । स्थापितले यही वडाका एमालेका उम्मेदवार वीपेन्द्र खड्कीलाई मतदान गरेका थिए । तर उनी कांग्रेसका भाइराम खड्गीसँग पराजित बने ।
भाइराम १ हजार २ सय ८१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुँदा वीपेन्द्र खड्गीले १ हजार ७२ मतमा सीमित हुँदै पराजित बने ।
यो वडाबाट मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहलाई ७ सय ३४ मत प्राप्त भयाे । यस्तै एमालेका केशव स्थापितले ७ सय ७३ र कांग्रेसकी सिर्जना सिंहले ७ सय १० मत पाइन् ।
२०७९ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित








