विराटनगर महानगरमा कोइरालाको अग्रता कायमै

काठमाडौँ । मोरङको विराटनगर महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणामअनुसार हालसम्म  पनि गठबन्धनकै अग्रता देखिएको छ।

गठबन्धनको तर्फबाट प्रमुखको पदका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले पाँच हजार ८३५ मतले अग्रता लिएका छन्। कोइरालाले १९१७३ मत प्राप्त गर्दा एमालेका सागर थापाले १४३३८ मत प्राप्त गरेका हुन्।

स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवको लालटिनले ४८०६ मत प्राप्त गरेको छ। मतगणना जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *