सिर्जनाकाे प्रतिक्रिया- मत गन्न बाँकी छ, हतार नगराैँ (भिडिओसहित)

काठमाडाैँ । सत्तारुढ पाँचदलीय गठबन्धनकाे तर्फबाट काठमाडाैँ महानगरपालिकाकाे मेयरका उम्मेदवार सिर्जना सिंहले अहिल्यै हार-जित नछुटिने बताएकी छिन् । बिहीवार काठमाडाैँ महानगरपालिकाकाे मतगणना स्थल राष्ट्रिय सभागृह पुगेकी उनले यस्ताे बताएकी हुन् । पत्रकारहरूसँग कुराकानी गर्दै उनले भनेकी छन्, ‘मत गन्न बाँकी छ । अहिल्यै भन्नलाई हतार नगराैँ । मतगणना भएका वडाहरूमा भने याे भन्दाचाहिँ राम्राे हुनुपर्ने हाे जस्ताे लागेकाे थियाे ।’

उनले आफ्नाे पक्षमा अझै धेरै मत आउने विश्वास रहेकाे सुनाइन्, भनिन्— ‘भर्खर ६० हजार सकिएकाे छ । अझै धेरै बाँकी छ । १ लाख ९० हजारमा भर्खर ६० हजार सकिएकाे हाे । अझै अपेक्षा छ ।’ उनले मतगणना सकिएका वडाहरूकाे नजिता भने अपेक्षाकृत नरहेकाे स्पष्ट पारिन् । ‘याेभन्दा केही राम्रै हुन्छ भन्ने थियाे,’ उनले भनिन्, ‘तर भएन । तर अझै धेरै वडाहरूकाे बाँकी छ । हेराैँ राम्रै हुन्छ भन्ने लागेकाे छ ।’

के कारणले मत बाँडियाे भन्ने प्रश्नमा भने उनले पार्टीले आधिकारिक रूपमा निष्कर्ष निकालेर मात्रै बाेल्ने बताइन् ।

काठमाडाैँमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह लाेकप्रिय मतसहित अग्रस्थानमा छन् भने सिर्जना तेस्राे नम्बरमा छन् । दाेस्राे स्थानमा एमालेका उम्मेदवार केशव स्थापित छन् । केशव र सिर्जनाभन्दा बालेन्द्र झन्डै दाेब्बर मतका साथ अगाडि छन् । याे समाचार तयार पार्दासम्म बालेन्द्रकाे २२ हजार ८ सय ४२ मत छ भने केशव र सिर्जनाकाे क्रमश: ११ हजार ७ सय ६९ र १० हजार ९ सय ६८ छ ।

याेसँगै बालेन्द्रकाे मेयरकाे सपना साकार हुने प्रक्षेपण हुन थालेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *