बझाङमा पनि मतगणना सुरु

धनगढी । बझाङ प्रदेश सभा (१) मा भएको उपनिर्वाचनको मत गणना सुरु भएको छ ।

छविसपाथिभेरा गाउँपालिका–१ र २ नम्बर वडाका मतदान केन्द्रबाट गणना सुरु भएको हो ।

शनिबार भएको मतदानमा बझाङमा ५० प्रतिशत मत खसेको थियो ।

आइतबार बिहानसम्म मतपेटीका सदरमुकाम चैनपुरमा संकलन गरिएको थियो ।

बझाङमा एमालेबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेकपा (माओवादी केन्द्र) बाट जनकबहादुर बुढा, एकीकृत समाजवादीबाट दिलबहादुर सिंहसहित ११ उमेदवार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *