धनगढीमा ३५ हजार ८९४ मत गणना हुँदा कसले कति पाए ?

धनगढी । धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ । पछिल्लो पटक सार्वजनिक मतपरिणाम अनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १६ हजार ४१५ मत प्राप्त गरेका छ ।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ८ हजार १२३ मत ल्याएका छन् । यस्तै एमालेका रणबहादुर चन्दले ३ हजार ७७४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबन्धनकै तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीले ७ हजार ४५७ मत ल्याएकी छन् । उनलाई पछयाइरहेकी एमालेकी कन्दकला रानाले ६ हजार ६१७ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४ हजार १५४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *