कावासोतीमा मेयर र उपमेयर दुबै जित्यो एमालेले

नवलपुर । कावासोती नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयर दुबै पदमा जित हासिल गरेको छ ।

गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले) का उम्मेदवार विष्णु भुसाल नगर प्रमुखमा विजयी भएका छन् । भुसालले १८ हजार ६०८ मत ल्याए । गठबन्धनका उमेदवार नेपाली कांग्रेसका महेन्द्र पोखरेललाई ३०४ मतान्तरले भुसाललाई हराएका हुन् ।

पोखरेलले १८ हजार ३०४ चार मत पाए । १७ वटा वडा रहेको कावासोतीमा एमालेले १२ वटा वडासहित मेयर, उपमेयर जितेको हो ।

उपमेयरमा एमालेकै फूलकुमारी थनेत विजयी भएकी हुन् । उनले माओवादी केन्द्रका पतिराम थारूलाई पराजित गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =