देशभरका यी १० उम्मेदवार : जसले आफैँलाई भोट हालेनन्

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा धनुषाको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका ८ उम्मेदवारले आफैँलाई मत नदिएको देखिएको छ ।

उनीहरूले १ मत पनि प्राप्त गरेका छैनन् । अध्यक्ष पदका लागि २५ जनाले उम्मेदवारी दिएकोमा ८ जनाको शून्य मत देखिएको छ । उम्मेदवारी दिनेमध्ये १७ जना स्वतन्त्र थिए । स्वतन्त्र उम्मेदवारले नै आफैँलाई मतदान नगरेको देखिएको हो ।

त्यस्तै, खोटाङ हलेसी तुवाचुङ नगरपालिकाको मेयरका उम्मेदवार तुलसी खम्बू राईले आफूले आफैँलाई मतदान गरेनन् । खम्बुवान राष्ट्रिय मुक्ति मोर्चातर्फ मेयरका उम्मेदवार राईले आफूले आफैंलाई मतदान नगरेपछि मत शून्य भएको हो । उनको चुनाव चिह्न हथौडा थियो ।

उता गाेरखाकाे भीमसेन थापा गाउँपालिका ८ का वडाध्यक्ष पदमा स्वतन्त्र उमेदवार उठेका नवराज ढकालले पनि १ मत समेत पाएनन् ।

यद्यपि उनले आफूले आफैँलाई भाेट हालेकाे तर निर्वाचन कार्यालयकाे मतगणनामा नदेखिएकाे बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 2 =