घोडाघोडीको प्रमुखमा रावत र उपप्रमुखमा चौधरी निर्वाचित

काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का खड्क रावत निर्वाचित भएको छ।

एकीकृत समाजवादीका रावत नेकपा (एमाले)का ममताप्रसाद चौधरीलाई पराजित गर्दै नगरप्रमुखमा निर्वाचित भएका हुन्। रावतले १३ हजार १२८ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी चौधरीले आठ हजार २४१ मत प्राप्त गरेका छन्। उपप्रमुखमा कांग्रेसका गुलियाकुमारी चौधरी विजयी भएकी छन्। उनले १२ हजार २७० मत प्रप्त गरेर विजयी हुँदा एमालेका करुण वम बटलाले छ हजार ९६३ प्राप्त गरेका छन्।

कैलालीका १३ वटा पालिकामध्ये घोडाघोडी नगरपालिकासहित आठ पालिकाको मतपरिमाण सार्वजनिक भइसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *