ललितपुरको गोदावरीमा कांग्रेस विजयी

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ।

गोदावरीको प्रमुखमा गजेन्द्र महर्जन र उपप्रमुखमा मुना अधिकारी विजयी भएका हुन्। प्रमुखमा महर्जन र उपप्रमुखमा अधिकारी विसं २०७४ मा पनि विजयी भएका हुन्। प्रमुखमा निर्वाचित महर्जनले १७ हजार ९२२ मत पाएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का गम्भीरबहादुर रानाले १४ हजार ६७९ मत पाएका छन्।

यस्तै, उपप्रमुखमा १६ हजार १८४ मत ल्याएर कांग्रेसका अधिकारी विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी रमी प्रधानाङ्गले १३ हजार ४४ मत पाएकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *