सिन्धुलीको सुनकोशीमा गठबन्धन विजयी

काठमाडौँ । सुनकोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का दिपा बोहोरा दाहाल र उपाध्यक्षमा नेपाली कांग्रेसका कपिल कोइराला निर्वाचित भएका छन्। गाउँपालिकामा अध्यक्षमा निर्वाचित दिपाले पाँच हजार ३७६ मत र उपाध्यक्ष कपिलले ६ हजार ५९४ मत प्राप्त गरेका छन्। अध्यक्षका प्रतिस्पर्धी नेकपा (एमाले)का रोमनराज गिरीले पाँच हजार ९८ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष पदकी उम्मेदवार हेमा अधिकारीले तीन हजार ९५८ मत प्राप्त गरेका छन्।

सात वडा रहेको सुनकोशीमा ६ वटामा गठबन्धन तथा एउटामा एमाले विजयी भएको छ। गठबन्धनबाट कांग्रेसले १, २, ३ र ४ नंम्बर वडा जितेको छ भने माओवादी केन्द्रले ५ र ६ नम्बर वडा जितेको छ। गठबन्धनलाई पराजित गर्दै वडा नं. ७ मा एमाले विजयी भएको छ।

विसं २०७४ मा एमालेले तीन, कांग्रेसले दुई र माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित दुई वडामा जित हासिल गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *