गोकर्णेश्वरमा जितको खुशी (तस्बिरहरू)

काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । ७५३ मध्ये अहिलेसम्म ५५२ भन्दा बढी पालिकाको परिणाम सार्वजनिक भइसकेको हो ।

भोलि २०७४ मा निर्वाचित सबै पालिकाका जनप्रतिनिधिहरूको कार्यकाल सकिँदै छ । जेठ ६ गतेबाट धेरै पालिकाहरूले ५ वर्षको लागि नयाँ प्रतिनिधि पाउँदैछन् ।

यहीबीच काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा पनि जनप्रतिनिधिको टुङ्गो लागिसकेको छ । ४७ जना प्रतिनिधि रहेको पालिकामा मेयरसहित नेपाली कांग्रेसले २२ सिट, उपमेयरसहित एमालेले २४ सिट र १ सिटमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

आज नेपाली कांग्रेसले पालिकामा आफ्नो विजयी जुलुस सम्पन्न भएको छ । जुलुस भइरहँदा बाटोमा एमालेको वडास्तरीय जुलुससँग भेट हुँदा दुवै पार्टीले एक अर्काप्रति सौहार्दपूर्ण व्यवहार गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *