कांग्रेसको किल्ला तोड्दै जोशीपुरमा रेशमको नागरिक उन्मुक्ति विजयी

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । नागरिक उन्मुक्तिका चित्रबहादुर चौधरीले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बन्सराम बडायक थारुलाई ५ सय ३५ मतले पराजित गरे ।

चौधरीले चार हजार ९०३ मत प्राप्त गरे भने थारुले तीन हजार ३६८ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भीमबहादुर बमले तीन हजार १८९ र एमालेका उम्मेदवार केशरबहादुर डगौरा एक हजार २९६ मत प्राप्त गरेका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा पनि उन्मुक्ति पार्टीकै रेखादेवी कठरिया चार हजार ५८९ पाएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीर्घराज विनाडीले तीन हजार ९६१ मत प्राप्त गरेका छन् ।

जोशीपुरमा यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवार जितेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *