सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक कर्मचारीको मृत्यु

काठमाडाैँ । सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु भएको छ । राष्ट्रिय अनुसन्धान विभागको कम्पाउन्डमा हावाहुरीका कारण एक्कासी रूखको हाँगा भाँच्चिएर लाग्दा बुधबार एक कर्मचारीको मृत्यु भएको हाे ।

प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार मृत्यु  हुनेमा पाल्पा रम्बा गाउँपालिका-५ घर भई राष्ट्रिय अनुसन्धान विभागमा सूचकको रूपमा कार्यरत २७ वर्षीय विजय कार्की छन् । हाँगा लागेर घाइते भएका उनको सिभिल अस्पतालमा उपचारको क्रममा गएराति सवा ११ बजे मृत्यु भएको हाे ।

बुधबार राति पौने ८ बजे हावाहुरीका कारण एक्कासी रूखको हाँगा भाँच्चिएर टाउकोमा खस्दा गउनी म्भीर घाइते भएको थिए । शवको पोष्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *