सूर्यविनायक नगरपालिकामा एमाले विजयी

काठमाडौँ  । भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार सूर्यविनायक नगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार वासुदेव थापा विजयी भएका हुन् ।

उनले १४ हजार ७ सय ५८ मत ल्याई विजयी भएका छन् । थापाले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार निशान ढुंगेललाई १ हजार ५२६ मतान्तरले पराजित गरेका हुन् । पराजित निशान ढुंगेलले १३ हजार २३२ मत ल्याएका छन् ।

उपप्रमुखमा एमालेकै सरिता भट्टराई(तिमिल्सिना) विजयी भएकी छन् । उनले १४ हजार ४ सय ९० मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्यामसुन्दर बस्नेतले ६ हजार ६ सय ६१ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *