गौरीशङ्करको अध्यक्षमा माओवादी केन्द्र, उपाध्यक्षमा कांग्रेस

काठमाडौँ । दोलखाको गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।

अध्यक्षमा विश्वास कार्की र उपाध्यक्षमा श्यामसुन्दर तामाङ निर्वाचित भएका हुन्। उनीहरूले एमालेका जङ्ग गुरुङ र मुना शिवाकोटीलाई पराजित गरेका हुन्। चार हजार ७५१ मतसहित कार्की निर्वाचित भएकी हुन्। एमालेका गुरुङले तीन हजार ७५७ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा तामाङले चार हजार ७४१ मत प्राप्त गरेका छन् भने प्रत्यासी शिवाकोटीले तीन हजार २८१ मत प्राप्त गरेका छन्। नौ वडा रहेको गौरीशङ्करमा एमालेले वडा नं ५ मा मात्र वडाध्यक्ष जितेको छ।

वडा नं ४, ६ र ९ मा कांग्रेस तथा वडा नं १, २, ३, ७ र ८ मा माओवादी केन्द्र विजयी भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *