कैलालीका चार स्थानीय तहको मतपरिमाण सार्वजनिक

काठमाडौँ । कैलालीका १३ स्थानीय तहमध्ये चारको मत परिमाण सार्वजनिक भएको छ।

कैलालीको गोदावरी नगरपालिका, चुरे, बर्दगोरिया र मोहन्याल गाउँपालिकाको अन्तिम मतपरिमाण सार्वजनिक भएको हो।

गोदावरी नगरपालिकामा बहुमत वडासहित नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्र भट्ट निर्वाचित भएका छन्। नगरप्रमुखमा कांग्रेसका भट्ट १५ हजार ५०१ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी एमालेका गोकर्ण भट्टले ११ हजार २२४ मत प्राप्त गरेका छन्। उपप्रमुखमा एमालेकी शारदादेवी रोकाया विजयी भएकी छन्। उनले १० हजार ६७० मत ल्याइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी रत्ना कडायतले नौ हजार ९८३ मत प्राप्त गरेकी छन्।

यस्तै, बर्दगोरिया गाउँपालिका अध्यक्षमा एमालेका कर्णबहादुर कुँवरले पाँच हजार ८४२ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर कठरियाले चार हजार १८६ मत प्राप्त गरे। उपाध्यक्षमा माओवादी केन्द्रका गणेशराज गिरीले चार हजार ५६९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी इन्दुकुमारी चौधरीले चार हजार २५५ मत प्राप्त गरिन्।

मोहन्याल गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका देवीदत्त उपाध्याय ३१३४ मतसहित विजयी हुँदा उनका निटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धरम बहादुर थापाले २७१५ मत पाएका छन्। त्यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसका कमल बहादुर साउद ३२८८ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सरस्वती देवी रावल विष्टले २२१९ मत ल्याएकी छन्।

साथै, चुरे गाउँपालिका अध्यक्षमा एमालेका चक्र बोगटी तीन हजार ३०५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका लोकबहादुर सारुले ३२८१ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा भने नेपाली कांग्रेसकी धनदेवी थापाले तीन हजार ४४९ मत ल्याएर विजयी हुँदा उपाध्यक्षमा एमालेकी दीपा देवी साउदले तीन हजार १२१ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *