मोरङको सुनबर्षीमा प्रमुख उपप्रमुख नै एमाले विजयी

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाको मेयर र उपमेयरमामा नै एमाले विजयी भएको छ ।

मेयरमा एमालेका श्यामप्रसाद राजवंशीले कांग्रेसका यज्ञबहादुर कार्कीलाई पराजित गरेका छन् । राजवंशीले ८ हजार ६३९ मत प्राप्त गर्दा कांग्रेसका कार्कीले ६ हजार ९५२ मत प्राप्त गरे । उप प्रमुखमा एमालेकै मिरादेवी दास केवरत निर्वाचित भइन् ।

उनले ८ हजार ३८३ मत ल्याइन् । कांग्रेसकी विमला देवी केवरतले ७ हजार ४२७ मत मात्र ल्याउन सकिन् ।

यसअघि यो पालिका नेपाली कांग्रेसले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =