चुनावमा धाँधली भयाे : रघुवीर महासेठ

जनकपुर । नेकपा एमालेका सचिव रघुवीर महासेठले स्थानीय तहको निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् ।

बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै महासेठले काँग्रेसले नेतृत्व गरेको गठबन्धनले सत्ताको दुरुपयोग गर्दै निर्वाचनमा धाँधली गरेको आरोप लगाए ।

उनले सीधै जिल्लाबाट परिचालिन कर्मचारी, सुरक्षाकर्मी निष्पक्ष भएपनि स्थानीय तहमा रहेका कर्मचारी तथा प्रहरीले सन्तोषजनक भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरे । महासेठले खसेको मतभन्दा बढि मत भेटिएपनि त्यसलाई मान्यता दिएको आरोप लगाए । मधेशका बिभिन्न स्थानीय तहमा काँग्रेसले आक्रमण गरी मतदान रद्द गराएको, मतपेटिका कब्जामा लिई फर्जी मत हाल्न लगाएको, कर्मचारीकै कारण मतपेटिकामा खसेको मत भन्दा बढी मतपत्र फेला परको समेत उनकाे आरोप छ ।

उनले गठबन्धन सरकारले अभिलम्ब यस्ता क्रियाकलाप बन्द नगरे आफूले कडा कदम चाल्न बाध्य हुने चेतावनी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *