स्थापितभन्दा ८१४५ मतले अगाडि छन् बालेन
२०७९ जेठ ४ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर रूपमा मतान्तर फराकिलाे बनाउँदै लगेका छन् ।
पछिल्लो परिणामअनुसार बालेनले १६ हजार ९ सय ४३ मत पाएका छन् । बालेनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ८ हजार ७९८ मत पाएका छन् ।
नेपाली कांग्रेसकी सिर्जना सिहंको खातामा ७ हजार ८ सय ९५ मत चढेको छ । बालेनले स्थापितभन्दा ८ हजार १ सय ४५ र सिर्जनासँग ९ हजार ४८ मतको दूरी राखेका छन् ।
मतगणना जारी छ ।
२०७९ जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित








