ओखलढुंगा लिखुको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

काठमाडौँ । ओखलढुङ्गाको लिखु गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन्।

गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अशोक कार्की नेकपा एमालेका मिलन विष्टलाई २८४ मतान्तरले पराजित गर्दै विजयी भएका छन्। कार्कीले तीन हजार ७७६ मत ल्याएर विजयी हुँदा विष्टले तीन हजार ४९२ मत प्राप्त गरेका हुन्।

उपाध्यक्षमा भने नेकपा एमालेकी अस्मिता थापा फराकिलो मतान्तरले विजयी भएकी छन्। नेपाली कांग्रेसकी प्रेमकुमारी दाहाललाई एक हजार ३३ मतले पछि पार्दै थापा निर्वाचित भएकी हुन्। थापाले चारहजार ११६ मत ल्याउँदा दाहालले तीन हजार ८३ मत ल्याएकी छन्।

गाउँपालिका अध्यक्षका उम्मेदवार माओवादीका एकिन्द्रराज कटवालले ९३३, एकीकृत समाजवादीका नेत्रप्रसाद भटराईले १६०, मङ्गोलनेशनल अर्गनाइजेशनका दावा शेर्पाले ३७, राप्रपाका जुद्धवीर पौडेल र स्वतन्त्र उम्मेदवार राजन सुवेदीले १०-१० मत ल्याएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *