भरतपुरमा ९८०१ मतसहित रेनु दाहाल अगाडि

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहाल १६१७ मतले अगाडि देखिएकी छन्।
भरतपुरमा जम्मा २७०२६ मत गणना हुँदा रेनु दाहालले ९८०१ मत प्राप्त गरेकी छन् भने एमाले उम्मेदवार विजय सुवेदीले ८१८४ ल्याएका छन्। त्यस्तै, मेयरमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४४३९ मत पाएका छन्।
उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११७४० मत प्राप्त गरी अग्रता लिएका छन् भने उनलाई राप्रपाकी हिमला गुरुङले ६६६८ मतसहित पछ्याइरहेकी छन्।
मतगणना जारी छ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *