अहिलेसम्म कांग्रेसले जित्यो १९८ पालिका प्रमुख, एमाले दोस्रोमा रहँदा एकीकृत समाजवादी पाँचौँमा (सूचीसहित)

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत ४२६ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र केही स्वतन्त्रले पालिका अध्यक्ष जितेका छन् ।

पछिल्लो विवरणअनुसार कांग्रेसले १९८, एमालेले १२९, माओवादी केन्द्रले ८३, नेकपा एकीकृत समाजवादीले ७, जसपा ५ र १२ पालिका प्रमुख स्वतन्त्र उम्मेदवारले जितेका छन् । मतगणना जारी रहेको स्थानमध्ये प्रमुखतर्फ कांग्रेसले अगाडि छ भने एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

कांग्रेसले १२२ स्थानमा अग्रता लिएको छ भने एमालेले ७५ स्थानमा अग्रता लिएको छ । त्यस्तै, माओवादी केन्द्रले ३२, नेकपा एकीकृत समाजवादीले १४, जसपाले २८, लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानमा अग्रता बनाएका छन् । अन्य १६ ठाउँमा अगाडि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *