टोखामा पुनः प्रकाश अधिकारीकै जित, कांग्रेसकी रजनी १७४ मतले पराजित

काठमाडाैँ । काठमाडौँको टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रकाश अधिकारी निर्वाचित भएका छन् । नेपाली कांग्रेसकी मेयर उम्मेदवार रजनी थापालाई १ सय ७४ मतले हराउँदै अधिकारी दोस्रो पटक मेयर चुनिएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार अधिकारीले १० हजार ३४० मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी थापाले १० हजार १६६ मत ल्याइन् । रजनीले सुरुवातदेखि अग्रता लिएपनि अन्ततः पराजित हुन पुगिन् ।

उपप्रमुखमा भने कांग्रेसका मुरारी तामाङ १० हजार १३२ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी ज्ञानमाया डंगोलले ९ हजार ५१८ मत प्राप्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *