काठमाडौँमा १४,४४५ मतका साथ बालेन अगाडि

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । उनी एमालेका मेयरका उम्मेदवार केशव स्थापितभन्दा ६५९३ मतले अगाडि छन् ।

साहले १४,४४५ मत ल्याएका छन् भने स्थापितले ७ ,८५२ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह ६९०० मत ल्याएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *