गोकर्णेश्वरमा कांग्रेसको अग्रता कायमै, अहिलेसम्म कुन वडा कसले जिते ?

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा ७ वटा वडाको मत परिणाम आउँदासम्म मेयर र उपमेयरमा कांग्रेसले अग्रता लिएको छ ।

मेयरमा कांग्रेसका दीपक कुमार रिसालले ७६९२ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी एमालेका उद्धव विष्टलाई ५९० मतले पछि पार्दै अग्रता लिएका हुन् ।

उपमेयरमा कांग्रेसकै शान्ति नेपालले ७२६३ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी एमालेकी सान्नानी लामालाई १४६ मतले पछि पार्दै अग्रता लिएकी छिन् ।

कुन वडामा कुन पार्टीले जिते ?
१. वडा नं १ मा एमालेको प्यानल नै विजयी
२. वडा नं २ मा एमालेको प्यानल नै विजयी
३. वडा नं ३ मा एमालेको प्यानल नै विजयी
४. वडा नं ४ अध्यक्षमा स्वतन्त्र उम्मेदवार, ३ जना वडा सदस्य कांग्रेस र १ जना वडा सदस्य एमालेको विजयी
५. वडा नं ५ मा कांग्रेसको प्यानल नै विजयी
६. वडा नं ६ मा एमालेको वडा अध्यक्ष र बाकी सदस्यमा कांग्रेस विजयी
७. वडा नं ७ मा अध्यक्ष र एक सदस्यमा एमाले र बाकी ३ सदस्यमा कांग्रेस विजयी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *