गोकर्णेश्वर ७ मा एमाले विजयी, मेयर-उपमेयरमा कांग्रेसको अग्रता कायमै

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ मा नेकपा एमालेका केशव गुरुङ ४८८ मतका साथ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कुमार अर्याललाई गुरुङले ३८ मतले पराजित गरे ।

वडामा, अध्यक्ष र एक खुल्ला सदस्य एमालेले जिते पनि बाँकी ३ वटा सदस्य कांग्रेसले जितेको छ ।

वडा नम्बर ७ बाट कांग्रेसबाट मेयरमा उम्मेदवार दीपक कुमार रिसालले ५१९ मत ल्याएर एमालेका उद्धव विष्टलाई १२० मतले पछि पारेका छन् । उपमेयरमा कांग्रेसकै शान्ति नेपालले ५३७ मत ल्याएर एमालेकी सान्नानी लामालाई ११० मतले पछि पारिन् ।

कुल मतदाता १७४१ रहेको यस वडामा १३५१ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *