बडीमालिकामा एमालेका खड्का र थापा विजयी

बाजुरा । बडीमालिका नगरपालिकामा नेकपा एमालेबाट प्रमुख र उपप्रमुखका उम्मेदवार विजयी भएका छन् । एमालेबाट नगरप्रमुखका उम्मेदवार अमरबहादुर खड्काले चार हजार नौ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धनराज पण्डित तीन हजार ५५२ मत ल्याएर पराजित भए ।

यस्तै उपप्रमुखमा निर्वाचित एमालेकी नन्दाकुमारी थापाले चार हजार २३३ मत ल्याउईन् । उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी राधिका सिंह तीन हजार ३५१ मत ल्याएर पराजित भईन् । एमालेले पाँच वडासहित नगरप्रमुख र उपप्रमुख जितेको छ भने दुई वडा नेपाली कांग्रेसले जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *