चन्द्रागिरीमा गठबन्धनका गिरी अगाडि

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरीले अग्रता लिएका छन्।

अहिलेसम्म गणना भएको १९ हजार ५०० मतमध्ये गठबन्धनको तर्फबाट नगरप्रमुख पदका उम्मेदवार गिरिले आठ हजार ८३० मत ल्याई अग्रस्थानमा रहेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उत्तमबहादुर राउतले सात हजार १५० मत प्राप्त गरेको निर्वाचन अधिकृत सिर्जना थपलियाले जानकारी दिइन्।

यस्तै, उपप्रमुखमा एमालेले अग्रता लिएको छ। एमालेकी वसन्ती श्रेष्ठले आठ हजार १२८ मत प्राप्त गरेकी छन् भने गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका रोशन दानीले दुई हजार ८९ मत प्राप्त गरेका छन्। हालसम्म चन्द्रागिरिका सातवटा वडाको मतगणना सम्पन्न भइसकेको निर्वाचन अधिकृत थपलियाले बताएकी छन्।

अहिले चन्द्रागिरिमा वडा नं ८, ९ र १० को मतगणना भइरहेको छ। कूल मतगणना भएका मतमध्ये नगरप्रमुखमा एक हजार ९४९ र उपप्रमुखमा पाँच हजार ६१६ मत बदर भएको निर्वाचन अधिकृत पोखरेलले बताए। कूल ४७ हजार २६४ मतदाता रहेको चन्द्रागिरीमा ३६ हजारभन्दा बढी मत खसेको निर्वाचन कार्यालय चन्द्रागिरीले जनाएको छ।

चन्द्रागिरी काठमाडौँ उपत्यकाभित्रकै सबैभन्दा ठूलो नगरपालिका हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *