कैलालीका १३ पालिकामध्ये ४ मा रेशम चौधरीको नागरिक उन्मुक्तिको अग्रता 

धनगढी । कैलालीका १३ वटा पालिकामध्ये अहिलेसम्म एक पालिकाको मात्रै अन्तिम परिणाम सार्वजनिक भएको छ । जसमा चुरे गाउँपालिकामा नेकपा एमाले विजयी भइसकेको छ । बाँकी १२ वटा पालिकामा मतगणना जारी छ ।

निर्वाचन आयोगका अनुसार मतगणना जारी भएका १२ वटा पालिकामध्ये चारवटा पालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । नागरिक उन्मुक्तिले जिल्लाको पूर्वी क्षेत्र टीकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्तिका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

त्यस्तै गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका, कैलारी गाउँपालिकामा गठबन्धनबाट कांग्रेसका उम्मेदवारको अग्रता छ । यसमध्ये कैलारी गाउँपालिकामा चुनावी तालमेल अनुसार कांग्रेसका उम्मेदवार आधिकारिक होइनन् । यद्यपि कांग्रेसकै रुख चिन्हबाट यहाँका उम्मेदवारले अग्रता कायम गरेका छन् । यहाँ गठबन्धनतर्फबाट माओवादीका उम्मेदवार आधिकारिक हुन् ।

त्यसैगरि गौरीगंगा नगरपालिका र मोहन्याल गाउँपालिकामा माओवादी केन्द्र, घोडाघोडी नगरपालिका एकीकृत समाजवादीले अग्रता लिएको छ । माओवादी र एकीकृत समाजवादीले अग्रता कायम गरेका स्थानीय तहमा पनि चुनावी गठबन्धन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *