अमरगढीमा एमाले-कांग्रेस (बिपी)लाई पराजित गर्दै कांग्रेस विजयी

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।

नेपाली कांग्रेस बिपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवार हरि भट्टलाई हराउँदै नगरप्रमुखमा डिल्लीराज जोशी विजयी भए । उनले ३ हजार ६१९ मत ल्याए भने उनका प्रतिद्वन्द्वी भट्टले ३ हजार ४२६ मत पाए ।

त्यसैगरि उपमेयरमा एमाले र कांग्रेस (बिपी)का उम्मेदवार यज्ञराज अवस्थीलाई हराउँदै कांग्रेसकी पार्वती झुकाल निर्वाचित भइन् । उनले ३ हजार ६७८ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी यज्ञराज भट्टले ३०८५ मत पाए ।

नेकपा एकीकृत समाजवादीकी संगिता भण्डारीले ७६७ मत ल्याइन् । २०७४ को स्थानीय तहको निर्वाचनमा जोशी र झुकाल एमालेका उम्मेदवारसँग पराजित भएका थिए ।

अमरगढी नगरपालिकाका ११ वटा वडामध्ये वडा नम्बर ८ को अध्यक्षमा काँग्रेस (बिपी)का उम्मेदवार विजयी भएका छन् भने अन्य वडामा काँग्रेस विजयी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *