भरतपुर महानगरमा रेनुले गरिन् लिड
२०७९ जेठ ३ गते

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदका लागि सत्ता गठबन्धन र एमाले राप्रपा गठबन्धनका उम्मेदवारबीच अघिपछि हुने खेल चलिरहेको छ ।
बिहान सार्वजनिक परिणाम अनुसार माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कायम गरेकी छन् । १७ हजार ३४ मतगणना हुँदा रेनुले ५,७१८ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले ५,६८८ मत पाएका छन् । रेनु ३० मतले मात्र अगाडि छन् । बागी उम्मेदवार जगन्नाथ पौडेलले २,७८८ मत पाएका छन् ।
उपमेयरमा कांग्रसका चित्रसेन अधिकारीले ६,९८२ र राप्रपाकी हिमला गुरुङले ४,६२८ मत पाएकी छन् ।
२०७९ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित








