काठमाडौँमा झन्डै दाेब्बर मतले बालेनकै अग्रता
२०७९ जेठ ३ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । उनी एमालेका मेयरका उम्मेदवार केशव स्थापितभन्दा ४ हजार २३८ मतले अगाडि छन् ।
साहले ९ हजार १८६ मत ल्याएका छन् भने स्थापितले ४ हजार ९४८ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह ४ हजार २२० मत ल्याएकी छन् ।
२०७९ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित








