भरतपुरमा विवाद सुल्झाउन सर्वदलीय बैठक बस्यो, मतगणना पुनः शुरू हुनसक्ने

चितवन । चितवनको भरतपुर महानगरपालिकामा विवादका कारण मतगणना कार्य स्थगित भएपछि यतिबेला सर्वदलीय बैठक बसेको छ।

हिजो सोमबार (केही समयअघि) राति बदर मतलाई समेत सदर गरेको भन्दै नेकपा एमालेले विरोध गरेपछि मतगणनास्थलमा विवाद शुरू भएको हो। विवाद साम्य हुने स्थिति नबन्दा मतगणना स्थगित भएको हो। एमालेका विजय सुवेदीभन्दा केही मतले रेनु अगाडि भइरहँदा नेकपा एमालेले रेनुलाई फाइदा पुग्ने गरी बदर मतलाई समेत सदर भन्दै गनिएको भन्दै गणना पुनः दोहोर्याउन माग गरेपछि विवादले ठूलो रूप लिएको हो।

विवादकै कारण मतगणना रोक्नुपर्ने स्थिति आएसँगै चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङसमेत मतगणनास्थल पुगेका छन्। प्रजिअ तामाङले पनि समस्यालाई बुझ्न नखोजी गणनास्थलका कर्मचारीलाई गणनालाई सुचारु राख्न दबाब दिएको एमालेको आरोप छ।

यतिबेला प्रजिअसहित गणना विवादका विषयमा सहमति खोज्ने प्रयासमा सबै दलका प्रतिनिधिहरूसहितको बैठक जारी छ।

भरतपुर मतगणनाको पछिल्लो अपडेटः

मेयर
माओवादी केन्द्र, रेनु दाहाल, ५३८२ मत
नेकपा एमाले, विजय सुवेदी, ५३६७ मत
स्वतन्त्र उम्मेदवार, जगन्नाथ पौडेल, २५७७ मत

उपमेयर
नेपाली कांग्रेस, चित्रसेन अधिकारी, ६५०४ मत
राप्रपा, हिमला गुरुङ, ४३४५ मत

हाल मतगणना स्थगित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *