तेह्रथुमको लालिगुराँसमा कांग्रेसले गर्यो कब्जा

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकामा मेयर र उपमेयरसहित धेरै वडामा कांग्रेसका निर्वाचित भएको छ।

मेयर पदमा कांग्रेसका उम्मेदवार अर्जुन माबोहाङ ५ हजार १३९ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेश कुमार लिम्बुले ३ हजार ३४४ मत प्राप्त गरे। उपमेयरमा कांग्रेसकी जमुना मगर कार्कीले ४ हजार ८८७ मत प्राप्त गरी विजयी भइन्। उनको प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार छवीमाया तिम्सिनाल ३ हजार ५९४ मत प्राप्त गरिन्।

यो पालिकाको नं २, ३, ४, ७, ८ र ९ नं वडामा विजय हासिल गरेको छ। नेकपा एमालेले वडा नं १ र ६ नं वडा र वडा नं ५ मा स्वतन्त्र उम्मेदवार महेन्द्र लिम्बु निर्वाचित भए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *