८४२० मतसहित बालेन शाह शीर्ष स्थानमा

२०७९ जेठ २ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा बालेनले फराकिलो मतान्तरका साथ अग्रता कायम राखेका छन्।
महानगरमा नेपाली कांग्रेसकी सिर्जना सिंहलाई मेयरमा ३८८१ मत प्राप्त भएको छ भने नेकपा एमालेका केशव स्थापितलाई हालसम्म ४४३६ मत प्राप्त भएको छ। स्थापित राजनीतिक दलका दुवै उम्मेदवारलाई फराकिलो मतान्तरले पछाडि छोड्दै स्वतन्त्र उम्मेदवार बालेन शाह भने ८४२० मतसहित शीर्ष स्थानमा छन्।
शाहले निकटतम प्रतिद्वन्द्वी एमालेका स्थापितसँग ३९८४ को मतान्तर बनाएका छन् भने कांग्रेसकी सिंहसँग ४५३९ को मतान्तर बनाएका हुन्।
मतगणना जारी छ।

२०७९ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित