महालक्ष्मी नगरपालिकाको प्रमुखमा कांग्रेसका ध्रुवराज राया निर्वाचित

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको प्रमुखमा कांग्रेसका ध्रुवराज राया विजयी भएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार ध्रुवराज राया ६३२८ मत प्राप्त गरी निर्वाचित भएका छन् । रायाले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दिपक बुढाथोकिलाई पराजित गरेका हुन् ।
बुढाथोकीले ५१३९ पात प्राप्त गरेका छन् ।

त्यस्तै, उपमेयरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की मञ्जु कुमारी कार्की (अधिकारी) ५३८४ मतका साथ विजयी भएकी छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार प्रेम खड्कालाई पराजित गर्दै उनी विजयी भएकी हुन् ।
खड्काले ४९३४ प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *