धनगढीमा हमाल झण्डै दोब्बर मतले अगाडि, वड र चन्द पछ्याउँदै

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले निरन्तर मतान्तर फराकिलो बनाउँदै गएका छन् । पछिल्लो मतपरिणाम अनुसार ११ हजार १२९ मत गणना हुँदा हमालले ४ हजार ९६४ मत पाएका छन् ।

यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ५९१ मत पाएका छन् । यो २ हजार ३७३ मतले अन्तर हो । यसैगरी नेकपा एमालेका रणबहादुर चन्दले १ हजार २१२ मत पाएका छन् ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार २७३, एमालेकी कन्दकला रानाले २ हजार ९४ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ३४२ मत पाएका छन् ।

मेयर उपमेयरको मतगणतामा बदरको मतको संख्या पनि ह्वात्तै बढेको छ । दुवै पदमा गरेर ६ हजार ७१६ मत बदर भएका छन् । जसमा मेयर पदमा खसेकामध्ये हालसम्म २ हजार २१२ मत उपमेयर पदमा ४ हजार ५०४ मत बदर भएका छन् ।

शुक्रबार भएको मतदानमा धनगढीमा भएका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *