बालेनकाे अग्रता निरन्तर कायम
२०७९ जेठ २ गते

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाकाे मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर रूपमा अग्रता कायम राख्न सफल भएका छन् ।
पछिल्लाे अध्यावधिक विवरणअनुसार शाहले ७७७१ मतका साथ शीर्ष स्थानमा रहेका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापित ४४१३ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने ३५७३ मत प्राप्त गरी तेस्राे स्थानमा रहेकी छन् ।
मतगणना जारी छ ।
२०७९ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित









