नेपाल युगान्डासँग १२ रनले पराजित

काठमाडौं । पहिलो महिला टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपाल युगान्डासँग पराजित भएको छ । टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको हो ।

युगान्डाले दिएको १ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सकेको थियो ।

नेपालका लागि इन्दु वर्माले सर्वाधिक १६ रन जोडिन्, भने डोली भट्ट १३ तथा बिन्दु रावल १२ रनमा आउट भईन् । कप्तान रुबिना क्षेत्री ९ रनमा आउट हुँदा ज्योति पाण्डेले ६ रन जोडिन् ।

त्यस्तै, रोमा थापा ५, कविता जोशी ४ तथा अप्सरी बेगम १ रनमा आउट भईन् ,भने कविता कुँवर ११ रनमा अविजित रहदा अश्मिना कर्माचार्य सुन्य रनमा आउट भईन् ।

नेपालकी कविता कुँवरले २ विकेट लिईन् भने कप्तान रुबिना क्षेत्री कविता जोशी र इन्दु बर्माले एक एक विकेट झारिन् ।

महिला टोलीले घरेलु मैदानमा खेलेको यो दोस्रो अन्तराष्ट्रिय प्रतियोगिता हो ।

अन्तराष्ट्रिय क्रिकेटमा पाइला टेकेको १५ वर्षपछि महिला टोलीले पहिलो पटक घरेलु मैदानमा खेलको हो । नेपालले २००७ मा मलेसियामा भएको एसीसी महिला च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय क्रिकेट पाइलामा चालेको थियो ।

त्यस्तै, युगान्डाकी कोन्सी अवेको र सारा एकीटेङले २/२ विकेट लिइन् । रिता मुसामाली र जनेट एमबाबाजीले १/१ विकेट लिइन् ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको युगान्डाले २० ओभरमा ५ विकेट गुमाएर १ सय २ रन बनाएको थियो ।

युगान्डाका लागि जनेट एमबाबाजीले सर्वाधिक २९ रन जोडिन । केभिन अविनोले १५ रन जोड्दा फ्रान्कलिन नाजुम्बाले १२ रन बनाईन् । रिता एनयागेन्गोले १८ रन बनाईन् ।

रिता मुसामालीले अविजित १३ जोड्दा लियोना बाबिरे सुन्य रनमा आउट भईन् ।

साथै यो जितसँगै युगान्डाले पाँच खेलको सिरिजमा १-० को अग्रता बनाएको छ भने, अब नेपालले भोलि मंगलबार युगान्डासँग दोस्रो खेल खेल्नेछ ।

यस्तै नेपाल र युगान्डाबीचको तेस्रो टी-ट्वान्टी जेठ ५ गते हुनेछ भने, चौंथो टी-ट्वान्टी जेठ ६ गते र अन्तिम टी-ट्वान्टी जेठ ७ गते हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *