डोटीको पूर्वीचौकीमा कांग्रेसले गर्‍यो ‘क्लिन स्वीप’

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकामा नेपाली कांग्रेसले एकलौटी विजय हासिल गरेको छ ।

सात वटा वडा रहेको पूर्वीचौकीमा सातवटै वडामा वडाध्यक्ष र सबै वडा सदस्यसहित गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा दोब्बर मतान्तरले कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा रामप्रसाद उपाध्याय, उपाध्यक्षमा पशुपती खड्का विजयी भएका छन् ।

उपाध्याय ५ हजार १३३ मतसहित विजयी भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का कृष्णकुमार खड्काले २ हजार २०५ मत प्राप्त गरे ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का उमेदवार देवबहादुर खड्काले २३२ मत ल्याए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर धामीले २७ मत मात्रै प्राप्त गरे ।

उपाध्यक्षमा पनि कांग्रेसकै पशुपती खड्का ४ हजार ७ सय २१ मतसहित विजयी भइन् । उनका निकट प्रतिद्वन्द्वी एमालेका सारदाकुमारी साउँदले २ हजार ४४४ मत प्राप्त गरिन् । नेकपा (माओवादी केन्द्र)का उमेदवार हरिश कुवँरले २५६ मत मात्रै प्राप्त गरे ।

पूर्वीचौकी गाउँपालिकामा जम्मा ८ हजार २ सय ५६ मत खसेको थियो । गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच गठबन्धन भएपनि माओबादी र समाजवादीका उम्मेदवारले २ सय ५६ मत भन्दा बढी कटाउन सकेनन् ।

वडाध्यक्ष र वडा सदस्यहरू सबै कांग्रेसका उमेदवार विजयी भएका छन् । वडा नंं. १ मा अङ्कबहादुर खड्का, २ मा योगेन्द्र ठकुल्ला, ३ मा खडक धामी, ४ मा बलबहादुर खड्का, ५ मा खडक साउँद, ६ मा पुष्प जोशी र ७ मा प्रेमबहादुर खड्का विजयी भएका छन् । सबै उमेदवारहरू प्यानलसहित भारी मतान्तरले विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

कांग्रेस भित्रैको अन्तरघातका कारण २०७४ को निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको थियो । नतिजापछि अध्यक्ष उपाध्यायले पूर्वीचौकी गाउँपालिकालाई नमुना गाउँकोरुपमा विकास गर्न सबै लाग्नु जरुरी भएको प्रतिक्रिया दिएका छन्।

योसँगै डोटीका नौ स्थानीय तहमध्ये पाँच स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । जसमा तीन पालिकामा नेपाली कांगैसले जित हात पारेको छ भने एउटामा नेकपा एमाले र एउटामा नेकपा माओवादीले जित निकालेको छ ।

डोटीको बडीकेदार गाउँपालिका, पूर्वीचौकी गाउँपालिका, आदर्श गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ भने जोरायल गाउँपालिकामा नेकपा एमाले र बोगटान फुड्सिल गाउँपालिकामा नेकपा माओवादीले जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *